खुलामञ्चबाट प्रचण्डको उद्घोष– ′मर्न तयार छु, तर कहिल्यै झुक्दै झुक्दीन′

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

prachandaकाठमाडौं । बहुमतीय प्रक्रिया रोकेर सहमतिमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

संविधानसभामा अगाडि बढाइएको बहुमतीय प्रक्रियालाई एमाओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराई नेतृत्वको संम्बैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति मार्फत समाधान खोज्न सत्ता पक्ष तयार भएमा आइतवारदेखि नै वार्ता हुन सक्ने जनाउ बिपक्षी गठबन्धनले दिएको छ। सम्वाद समिति मार्फत सहमति खोज्न सत्ता पक्ष तयार हुन्छन भने भोलीदेखि नै वार्ता शुरु हुन्छ।

प्रचण्डलाई देखाइदिनुपर्छ भन्नुहुन्छ भने अव कसले देखाउछ हेर्दै जानुहोलाु सत्ता पक्षलाई जनबिरोधी,राष्ट्र बिखण्डनकारी,राष्ट्रबिरोधी र बिश्वासघातीको आरोप लगाउँदै गठबन्धनका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेुहामीले एकल जातीय राज्यलाई बहुजातीय राज्य बनाउन खोजेका हौ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु