सत्तापक्षको जवाफ–′जहाँबाट भए पनि सहमति खोज्न तयार छौं′

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

Sushil Koiralaकाठमाडौं । एमाओवादीसहित विपक्षी मोर्चाले राजधानीमा गरेको शक्ति प्रदर्शन र सभाबाट संविधानका मुख्य विवादित विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा राजनीतिक सहमति समितिमार्फत नै समझदारी गर्नुपर्ने भनी राखेको मागप्रति सत्तापक्ष सकारात्मक देखिएको छ ।

सत्तापक्षले सहमति मुख्य बिषय भएको उल्लेख गर्दै संवाद तथा राजनीतिक सहमति समिति मार्फत सहमति गर्दा पनि आफूलाई आपत्ति नहुने बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी मोर्चाद्वारा शनिबार राजधानीमा आयोजित सभामा संवाद समितिबाटै सवै बिषयको सहमति खोज्न सत्तापक्ष तयार भए बार्तामा बस्न सकिने धारणा राखेका थिए ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु