काठमाडौंमा ′धोती र्‍याली′

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

काठमाडौं । तीस दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा प्रदर्शन गरेको विरोध जुलुसमा सेतो धोती लगाएको एक हुल समूह देखियो। धेरैले उनीहरुलाई टक्क अडिएरै हेरे।

मधेसबाट खुलामञ्चमको सभामा सहभागी हुन आएका उनीहरुले आफ्नो पहिचान खुलाउँदै भनेका थिए-धोती र्योली।

मधेसको परम्परागत पहिरन लगाएकाहरुले निकालेको धोती र्यााली सहिदगेट माइतीघर, बबरमहल हुँदै नयाँ वानेश्वर पुगेको थियो ।

′धोती हमारी शान है, मधेस की पहिचान है′ भन्ने प्लेकार्ड बोकेका जुलुसका सहभागीले संस्कृति र परम्परा बिर्सेकोमा मधेसी नेताहरुप्रति आक्रोस पोखे। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७