एमालेको स्थायी कमिटि बैठक आज

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

CPN_UML_officeजनबोली/१७ फागुन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दै छ । पार्टी कार्यालय बल्खुमा दिउँसो बस्ने बैठकमा मनोनयन गर्नुपर्ने थप पाँच वैकल्पिक केन्द्रीय सदस्य र नेताहरुको कार्यविभाजनको टुंगो लगाउने एमालेले जनाएको छ ।

एमालेको महाधिवेशन गत असारमा सकिए पनि पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण मनोनयन र कार्यविभाजनको विषय अल्झिइरहेको थियो ।

यस अघि बसेको बैठकले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । सदस्य मनोनयन र कार्य बिभाजनमा पार्टी अध्यक्ष केपी ओली र नेता माधब कुमार नेपाल बीच कुरा मिल्न नसक्दा एमालेमा समस्या हुदै आएको छ ।

बैठकमा शनिबार खुलामञ्चमा एमाओवादी अध्यक्ष प्रचण्डले एमालेमाथि लगाएको आरोपका बारेमा पनि छलफल हुने एमाले स्रोतले बतायो ।

प्रचण्डले एमाले लिंग नभएको र कांग्रेसको पिछलग्गु पार्टी भएको आरोप लगाउँदै कांग्रेससँग एकीकरण गर्न सुझाब दिएका थिए । एमालेका शीर्ष नेताले प्रचण्डको उक्त भाषण हावादारी र अनावश्यव भएको टिप्पणी गरेका छन् ।

सम्बन्धित खबरहरु