बज्यो खतराको घण्टि : ​स्वाइन फ्लुबाट काठमाडौंमा एक जनाको मृत्यु/४३ संक्रमित

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

swine flu

जनबोली/१७ फागुन, काठमाडौं । स्वाइन फ्लु संक्रमणबाट काठमाडौ एक जनाको मृत्यु भएको छ । संक्रमणपछि काठमाडौको मोडल अस्पतालमा उपचार गराइरहेकी काठमाडौ क्षेत्रपाटीकी एक महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका प्रमुख वावुराम मरासिनीले स्वाइनफ्लुबाट महिलाको मृत्यु भएको अस्पतालले आफुहरुलाइ जानकारी दिएको बताउनुभयो । मृतकको नाम खुलाइएको छैन । नेपालमा पछिल्लो पटक भएको स्वाइन फलुको संक्रमणबाट मृत्यु भएको यो पहिलो हो । स्वाइन संक्रमणसगै निमोनिय भएपछि ति महिलालाइ आइसियुमा राखेर उपचार गरिएको थियो ।

symptoms_of_swine_flu_svg

पछिल्लो पटक नेपालमा स्वाइन फ्लुको संक्रमण बिस्तार हुदै गएको छ । हालसम्म जाँच गरिएका ३ सय मध्ये ४३ जनामा संक्रमण पुष्टि भएको मरासिनीले जानकारी दिनुभयो । हिजो र आज गरिएका जाँचमा मात्र थप १३ जनामा संक्रमण फेला परेको माहाशाखाले जनाएको छ । शुक्रबारसम्म ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित मध्ये अधिकांश काठमाडौ उपत्यकाका छन । उपत्यका वाहिर चितवन र कास्कीमा संक्रमण बढी देखिएको महासाखा प्रमुख मरासीनीले जानकारी दिनुभयो । 2000px-Swine_influenza_symptoms_on_swine-en.svg

सम्बन्धित खबरहरु