सहमतिका लागि संयुक्त सरकार बनाउन पनि तयार छौ : एमाले उपाध्यक्ष रावल

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

Club

जनबोली/१७ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले एकिकृत नेकपा माओवादी माघ ५ गते दलहरुवीच भएको सहमतिकै सेरोफेरोमा रहेर वार्ता गर्न तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आईतवार आयोजित साक्षात्कारमा उनले ‘माघ ५ गतेको बरिपरि सहमति हुन सक्ने बताउदै बहुमतीय प्रक्रिया रोकेर विगतमा भएका सम्झौताको आधारमा संविधान बनाउछौ भन्ने प्रत्याभुती सत्ता पक्षले दिलाए वार्तमा बस्न कुनै समस्या नरहेको बताए ।

उनले संबादको लागि विपक्षी मोर्चा एक साता कुर्न तयार रहेको स्पष्ट पार्दै त्यसपछि पनि ठोस पहल नगरी बहुमतीय प्रक्रियालाई नै अघि बढाउन खोजे क्रियात्मक आन्दोलन अघि बढाउने चेतावनी दिए ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विपक्षी मोर्चा सहमतिमा आउने भए प्रश्नावलीलाई संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा लगेर छलफल गर्न तयार रहेको भन्दै सहमतिमा नआउने भए अब प्रश्नावलीलाई संविधानसभाबाट मस्यौदा समितिमा पठाईने चेतावनी दिए ।

उनले सहमतिको लागि आफूहरु संयूक्त सरकार बनाएर अघि बढ्न समेत तयार रहेको भन्दै आफूहरु अधिकतम लचक भएको दावी गरे ।

नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले माघ ८ मा संघीयतामा पाँच जिल्ला बाहेक करिब करिब सबै विषयमा सहमति भईसकेकोले त्यसै टेकेर सहमति गर्न आफूहरु तयार रहेको स्पष्ट पार्दै पाँच जिल्लाको विवादमा त्यहीका जनताको मत लिन कांग्रेस तयार रहेको बताए ।

बाहिरका जिल्लाका नेताहरुले ती जिल्लाको विषयमा निर्णय लिने अधिकार नराख्ने उनको तर्क थियो ।

उनले समय बर्बाद नगरी भोलीबाटै बार्ता सुरु गर्न आग्रह गर्दै माघ ५ कै सेरोफेरोमा रहेर छलफल गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७