देशैभरी वर्षा, सुधार हुन अझै केही दिन लाग्ने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

barsha 1काठमाडौं । पश्चिम वायुको प्रभावका कारण शनिबार रातीदेखि लगातार देशैभरी वर्षा भएको छ । मौसमविद्ले देशभरको मौसम सुधार हुन अझै केही दिन लाग्ने आँकलन गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले मध्य र पूर्वी भागमा सोमबारदेखि नै सुधार सुरु हुने भए पनि सूदूरपश्चिम क्षेत्रमा बुधवारसम्मै वर्षा हुन सक्ने बताए ।

‘सोमबार पनि गड्याङगुडुङसहित धेरै भागमा पानी पर्ने संकेत देखिन्छ’, अर्यालले आइतबार कान्तिपुरसित भने, ‘देशभरको वायुमण्डल बादलले ढाकेको छ, त्यही भएर केही दिन मौसम गडबड हुनेछ ।’ उच्च हिमाली भागमा हिमपातसंगै जनजीवन प्रभावित बनेको छ ।

अरेबियाली सागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कश्मिर हुँदै वाष्पयुक्त वायु गत मंगलवार सूदूर पश्चिम प्रवेश गरेपछि त्यसैको प्रभावले बुधवारदेखि देशभर वर्षा सुरु भएको थियो । बुधवार रातीदेखि बिहीवार दिनैभरी देशैभर भारी वर्षा भएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु