अस्पतालको खाद्य पदार्थमा हानिकारक कोलिर्फम

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

bir hospitalकाठमाडौं । राजधानीका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीलाई खुवाइँदै आएको खाद्य पदार्थमा हानिकारक कोलिर्फमको जीवाणु भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिम्मेवार अधिकारीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

′वीर अस्पताल, प्रसूति गृह र महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीलाई वितरण गर्न तयार पारिएको खानेकुराको नमुना लिएर प्रयोगशाला परीक्षण गर्दा कोलीफर्म भेटिएको हो,′ वाणिज्य विभागका अनुगमन शाखा प्रमुख हरिनारायण बेल्बासेले भने ।

उनका अनुसार वाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मिलेर अनुगमन गरेको थियो । कोलीफर्मले झाडापखालालगायत रोगहरू उत्पन्न गराउँछ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७