हाकिमको पोल खोलेको आरोपमा थुनिए हवल्दार हिरासतमा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

ghus-curruptionवीरगन्ज । घुस लिएर अवैध सामान छाड्ने हाकिमको पोल खोलेको आरोपमा एक हवल्दार जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनिएका छन् । वीरगन्जको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पन्निलाल साहलाई उनकै हाकिमको पोल खोलेको भन्दै हिरासतमा थुनिएको हो ।

प्रहरी उपरीक्षक दिवेश लोहनीको आदेशमा हवल्दार साहलाई शनिवार साँझदेखि थुनामा राखिएको एक प्रहरी अधिकृतले बताए । शुक्रबार राति इनर्वा प्रहरी चौकीबाट प्रहरी हवल्दार साह नेतृत्वको टोलीले वीरगन्जको रजतयन्ती चोकबाट ६० हजार रुपैयाँको भारतीय कपडा बरामद गरेको थियो ।

भारतको रक्सौलबाट हेटौंडाका पोकेतस्कर महिलाहरुले ट्याम्पोमा लोड गरेर ल्याइएका साडी लगायतका कपडा उनीहरुले बरामद गर्न सफल भएका थिए । हवल्दार नेतृत्वको टोलीले बरामद गरेको कपडासहितको ट्याम्पो चौकी इनर्वाका इन्चार्ज सई रमेश रेग्मीले तस्कर महिलालाई नै फिर्ता गरिदिएका थिए ।

त्यही निहुँमा सई रेग्मी र हवल्दार साहबीच ब्यस्त सडकमै भनाभन भएको थियो । दुबैबीच तँ तँ म म हुँदै विवाद चर्केपछि पोके तस्कहरुले झगडा छुटयाएका एक प्रत्यक्षदर्शीले बताए । ‘हामीले झगडा नछुट्याएको भए त्यहाँ ठूलै कुटाकुट हुन्थ्यो’ एक प्रत्यक्षदर्शीले भने । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु