स्पनिस ला लिगा : रियल म्याड्रिड बराबरीमा रोकियो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

real vs villa realएजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडलाई उपाधि यात्रामा धक्का लागेको छ । आइतबार राति भएको खेलमा रियलले भिल्लारियलसँग बराबरीमा रोकेसँगै रियलको अंकदुरी कम भएको हो ।

दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको अंकदुरी २ मा कायम रहँदा रियल अझै शिर्ष स्थानमै छ । रियलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

उनले खेलको ५२ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गराएका थिए । तर, खेलको ६४ औं मिनेटमा भिल्लारियलका जेरार्ड मोरेनोले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

२५ खेलबाट ६१ अंक बटुलेको रियल र ५९ अंक भएको बार्सिलोनाका बीच मार्च २२ मा भिडन्त हुने छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७