होलीको चिर लिंगो ढलेपछि

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

holiजनबोली १८ फागुन, काठमाडौं । काठमाडौं बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ । गएराती ट्याक्सीले लिङ्गोमा ठक्कर दिदा भाचिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्सि र चालकलाई जनसेवा प्रहरीले नियन्त्रणमा राखेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहि आएको छ । होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ ।

यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ । यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ ।

लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन । तर, लिंगो ढलेपनि पुजाआजा गर्दे अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७