एमालेले आज ५ बैकल्पिक केन्द्रीय सदस्यको टुंगो लगाउने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

CPN_UML_officeजनबोली १८ फागुन, काठमाडौं । नेकपा एमालेले आज ५ बैकल्पिक केन्द्रीय सदस्यको टुंगो लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा दिउसो बस्ने स्थायी कमिटिको बैठकमा मनोनयन गर्न बाँकी ५ सदस्यको चयन हुने एमालेले जनाएको छ ।

बैकल्पिक केन्द्रीय सदस्यका लागि देवशंकर पौडेल, रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, झपट रावल, राजेन्द्र राई, भीम राई र भीम केसीको नाम प्रस्ताव भएको छ ।

एमालेले हिजो एकिकृत माओवादी त्यागेका राधाकृष्ण मैनाली र संघिय समाजवादी त्यागेका बिजय सुब्बालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ । १० जना पुर्ण सदस्य एमालले यस अघिनै चयन गरिसकेको छ ।

आजको बैठकमा नेताहरुको कार्यबिभाजनको बिषयमा पनि छलफल हुने सचिव प्रदिव ज्ञवालिले जानकारि दिए । आज वैकल्पिक पाँच सदस्यको टुङ्गो लागेपछि एमाले केन्द्रीय कमिटी एक सय ८१ सदस्यिय हुने भएको छ ।

एमालेले छिटोभन्दा छिटो संविधान निर्माण गरी परिवर्तनका उपलव्धिलाई संस्थागत गर्ने सुनिश्चितताका लागि सबै पहललाई अगाडि बढाउने निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु