विश्वकप क्रिकेट : जिम्बावे विरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

 Pakistan v Zimbabwe - 2015 ICC Cricket World Cup

जनबोली १७ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित हात पारेको छ । आइतबार जिम्बाब्बेलाई २० रनले हराउँदै पाकिस्तानले तेश्रो खेलमा बल्ल जित हात पारेको हो ।

२ सय ३६ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे ४९.४ ओभरमा २ सय १५ रन जोड्दा  अलआउट भयो । संघर्षपूर्ण खेलमा पाकिस्तानलाई जिताउन मोहम्मद इरफान र वहाव रियाजले ४÷४ विकेट लिए । १० ओभर बलिङ गरेका इरफानले २ मेडन राख्दै ३० रन खर्चिए भने ९.४ ओभर बलिङ गरेका रियाजले ४५ रन खर्चिए । पाकिस्तानका राहत अलिको नाममा पनि एक विकेट रह्यो ।

Cricket WCup Pakistan Zimbabwe

जिम्बाब्बेका ब्रेन्डन टेलरले ५०, एल्टन चिगुम्बाराले ३५, सेन विलियम्सले ३३, ह्यामिल्टन मासाकाजाले २९ रन जोडेपनि टिमलाई जित दिलाउन सकेनन् ।  अष्ट्रेलियाको ब्रिसबेनमा टस हारेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोड्यो । उसका मिसबाह उलहकले ७३, वहाव रियाजले नटआउट ५४, उमर अकमलले ३३, हरिस सोहिलले २७, सोइब मक्सुदले २१ रनको योगदान गरे ।

Pakistan v Zimbabwe - 2015 ICC Cricket World Cup

ओपनर अहमद शाहजेद सून्य र नासिर जमसद १ रनमा आउट भएपछि मिसबाह उलहक, ह्यारिस सोहिल र उमर अकमलले पाकिस्तानी इनिङ उकासेका थिए ।  त्यसपछि आएका सहिद अफ्रिदी पनि सून्यमा आउट भएपछि वहाव रियाज र सोइब मकसुदले पाकिस्तानलाई मध्यम योगफलतिर पुर्यारएका हुन् ।

जिम्बाब्बेका टेण्डी चतराले ३ तथा सेन विलियम्सले २ विकेट लिए ।  जितपछि पाकिस्तानको पनि क्वार्टर फाइनल पुग्ने सम्भावना जिवित राखेको छ । लगातार दुई खेल हारेर पुछारमा रहेको पाकिस्तान जिम्बाब्बेमाथिको जितपछि पुछारबाट एक स्थान माथि चढेको छ । चारमध्ये एक खेल जितेको जिम्बाब्बे पुछारबाट तेश्रो स्थानमा छ ।

Sikandar Raza

सम्बन्धित खबरहरु