4

जनबोली/१८ फागुन, काठमाडौ । संघात्मक राज्य प्रणालीमा राजस्व संकलन तथा वितरण एवं सम्पतिको स्थानान्तरण कार्य ज्यादै महत्वपूर्ण हुने तर्क उठ्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित संघात्मक राज्य व्यवस्थामा वित्तिय सिद्धान्त र विकेन्द्रीत कर प्रणालीका गुणहरु विषयक दुई दिने कार्यशाला संघात्मक व्यवस्थामा यस्ता विषय अत्यन्तै महत्वपूर्ण हुने विषयमा छलफल भएको हो । जर्मन सहयोग संस्था जीआइजेड (giZ) को सहयोगमा महासंघ सचिवालयमा आयोजित उक्त कार्यशाला सोमबार सम्पन्न भयो ।
1
प्रमुख श्रोत व्यक्ति प्राध्यापक डा. यान भेना (Prof. Dr. Jan Werner) रहनु भएको सो कार्यशालामा महासंघका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघका प्रतिनिधिहरु, प्राध्यापकहरु, वकिलहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यशालामा अन्तरसरकारी वित्तिय तथा कर प्रणालीका सिद्धान्तहरु, संघीय राज्यमा राजस्व वांडफांड, लागत वांडफांड, राजस्व वृद्धिका उपायहरु, केन्द्रीय सरकार र स्थानीय सरकाले जारी गर्ने ऋणपत्र, उपायहरु, Institutional Arrangements for intergovernmental transfers लगायतमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको थियो । साथै कार्यशालामा क्यानाडा, जर्मनी, स्वीजरल्याण्ड, व्राजिल, स्पेन, फ्रान्स, अमेरिका, भारत लगायतका देशहरुको संघीय राज्यमा विद्यमान कर प्रणालीका वारेमा विस्तृत प्रस्तुती गरिएको थियो ।

कार्यशालामा मन्तव्य दिँदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले संघात्मक राज्यव्यवस्था तर्फ गैरहेको नेपालका लागि यो कार्यशाला निकै उपयोगी हुने बताए । संघात्मक राज्य प्रणालीमा राजस्व संकलन तथा वितरण एवं सम्पतिको स्थानान्तरण कार्य ज्यादै महत्वपूर्ण हुने हुंदा नेपालको सन्दर्भमा यस प्रकारका कार्यक्रमले आगामी दिनमा नीति निर्माण लगायतमा सहयोग पुग्ने विश्वास प्रकट गरे  ।

2
महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष दिनेश श्रेष्ठ, कर तथा राजस्व समितिका उपसभापति विजयसिंह वैध, कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति शौरभ ज्योतिले जर्मन प्राध्यापक डा. यान भेना, जीआइजेड लगायत उपस्थित सवैमा धन्यवाद दिँंदै नेपालका लागि यस प्रकारका कार्यक्रम लाभदायक हुने बताए । उनले महासंघले यस प्रकारका कार्यक्रम निरन्तर रुपमा आगामी दिनमा समेत आयोजना गर्ने विश्वास दिएका थिए ।

सम्बन्धित खबरहरु