mukesh_ambani--621x414एजेन्सी । व्यापारमा अपार भन्ने उक्ति नेपालमा पनि सुनिने गरिएको छ । व्यपारमा लाभ मिल्न लाग्यो भने कसैले रोक्न सक्दैन भन्ने तथ्यले मेल खाएको छ, भारतमा ।

भारतमा लगातार ८ बर्ष भारतकै धनीको सुचिमा रहेका मुकेश अंबानीलाई १० हजार बाट आफ्नो व्यपार सुरु गरेका दिलीप शांधवीले हटाएका छन् ।

शांधवी भारतको सवै भन्दा धनी व्यक्तिको सूचिमा एक नम्वरमा रहेको सम्पति बारेको सूचि प्रकाशन गर्ने फोव्र्सले जनाएको छ ।

फोव्स अनुसार शांधवीको कुल सम्पत्ति २१.५ अरव डलर रहेको छ । अंबानीको सम्पत्ति भन्दा उनको १.१ अरब डरल भएको जनाइएको छ । अम्बानीको सम्पत्ति भने २०.४ अर्ब डलर रहेको छ ।

अम्बानी धनी हुनुको पछाडी उनको पिताको महत्वपूर्ण भुमिका रहेको छ । किनकि उनका पिता धीरुभाई अंबानी आफैमा धनी तथा सम्पत्तिवाला व्यक्ति थिए । तर शांधवी अरवति वन्न निकै संधर्ष गरेका व्यक्ति हुन् जसले मात्र १० हजारबाट आफ्नो व्यपार सुरु गरेका थिए ।

दिलीप शांधवीले सन् फर्मास्युटिकल १९८३ मा १० हजारको लागतमा सुरु गरेका थिए । उनको त्यही कंपनी आज भारतको सबै भन्दा ठूलो औषधि कम्पनी बनेको छ ।

घाटामा चलिरहेका काराको फर्मा तथा तारा फर्मालाई आफूले लिएका थिए । गुजरातको सानो गाउमा जन्म लिएका शांधवीले कोलकता युनिभर्सिटीमा स्नातक सम्मको अध्ययन गरेका छन् ।

सम्बन्धित खबरहरु