Janaboli Rashifalमेष (चु, चे, चो, ला, लि, लु, ले, लो)

अपारिवारिक सम्बन्ध सुखमय रहनेछ। पतिपत्नीबीच सद्भाव बढ्नेछ। मन प्रफुल्ल रहनेछ। सन्तान सुख प्राप्त हुनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे)
वोधार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ। आय आर्जनको नयाँ स्रोत देखा पर्नसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पराक्रम बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नारी वर्गको सहयोगले मानप्रतिष्ठा वृद्धि हुनेछ। समाजमा नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनीतिमा विवाद बढ्नुका साथै स्थान परिवर्तन हुनसक्छ। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। समय अनुकूल नरहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मुहारमा कान्ति बढ्नेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। दिदीबहिनीको सहयोगले महत्त्वपूर्ण कार्यको थालनी हुन सक्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक यात्राको योग छ। मानसिक तनाव बढ्नाले दैनिक कार्य प्रभावित बन्नेछन्। विपरीत लिंगीबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक कार्यमा मन लाग्नेछ। व्यापारबाट प्रशस्त लाभ हुनेछ। जागिरबाट सन्तुष्टि मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कर्मप्रति निष्ठा बढ्नेछ। वैदेशिक व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आय आर्जनमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। आफन्तले कदर गर्नेछन्। दिनको पूर्वाद्र्धमा अर्थ लाभ होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शत्रु बढ्नेछन्। काममा अपजस पाइनेछ। विलासिताका वस्तुप्रति रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। मित्रको सहयोगले प्रेम सम्बन्ध हुनेछ। अध्ययनमा सफलता मिल्नेछ।

सम्बन्धित खबरहरु