२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिका भ्रमण छाडेर गृहजिल्लामा मन्त्री भगबती चौधरी

इटहरी /सुनसरी। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पुर्व निर्धारित कार्यक्रम थियो। ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो। तर मन्त्रि चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ।

दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिर मा आयोजित सास्कृतिक कार्यक्रम मा सहभागी हुन मन्त्रि चौधरी गृह जिल्ला आउनु भएको हो। बिराटनगर बिमानस्थलमा संचारकर्मी हरुसंग साम्क्षिप्त कुराकानी गर्दै मन्त्रि चौधरीले सरकार अबिक्षिन्न उत्तराधिकार वाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पुर्व निर्धारित कार्यक्रम मा आफुँ जाने तय भए पनि आँफु नगएको बताउनु भयो। मन्त्रि नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति अमेरिका जादैँछन्। प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्रि स्थरमा हुने भनिएको कार्यक्रम कर्मचारी स्थरमा नै गर्न भनेर आफुँ गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो।

उप्त अवसरमा मन्त्रि चौधरीले यो गठबन्धन २०८४ साल सम्मै नै जाने दाबी गर्नु भयो। मन्त्रि चौधरीको स्वागतमा मोरङ, सुनसरीका सयौँ नेता तथा कार्यकर्ता बिराटनगर बिमानस्थलमा भेला भएका थिए। साथै महिला आफुले सम्हालेको मन्त्रालय मातहत रहेर महिला सशक्तिकरण को लागि भिभिन्न योजना ल्याउने गरि आफुले तयारी गरिरहेको जानकारी दिंदै मन्त्रि चौधरीले भन्नु भयो, महिला बालबालिका र जेष्ठ नागरिकको हक हितको निम्ति मैले केहि नयाँ कार्यकम ल्याउने गरि तयारी गरिरहेको छु।

त्यस्तै दुहबी १० मा आयोजित सास्कृतिक कार्यक्रम मा बोल्दै प्रदेस संसद रामदेव यादब ले प्रदेस १ को सरकार परिवर्तन हुने बताउनु भयो। पहिले आफ्नो दलको सरकारले हालेको योजना अहिलेको सरकारले काटेको भन्दै अब सरकार परिवर्तन गरेर आँफु हरुले अगि सरेको बिकासका योजना हरुलाई निरन्तरता दिने दाबी गर्नु भयो। उप्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहनु भएको माननीय मन्त्रि चौधरीले आफुँ मन्त्रि भएपछिको पहिलो कार्यक्रम त्यो पनि धार्मिक, आफ्नै क्षेत्रको भएको कारण आफुले ब्यताताको बावजुत पनि उपस्तित भएको भन्दै महिला हरु आधा आकास ढाक्ने मात्र नभई आधा धर्ति ढाक्ने भएको बताउनु भयो। यो क्षेत्रको समग्र बिकासको निम्ति आफुले सक्दो पहल गर्दै आइरहेको स्मरण गर्दै मन्त्रि चौधरीले भन्नु भयो बिदेस भ्रमण छाडेर म यहाँ आइरहेको छु भन्दै उंहाले भन्नु भयो माहिलामाथि भइरहेको हिंसाको अन्त्य र आफूमाथि भएको हिंसा बाहिर ल्याउन उनीहरुलाई आर्थिक रुपमा पनि सक्षम बनाउन पर्छ। मन्त्री चौधरीले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवस्यक रहेको बताउनु भयो । आफूले मन्त्रालयमा रहेर महिलाहरुको पक्षमा केही गर्ने कोशिस गरिरहेको उंहाको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस