२०८० चैत्र ६ गते मङ्गलवार | 2024 March 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति पौडेललाई वास्तविक भूकम्पपीडित ठगिने चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूकम्पपीडित ठगिने अवस्था आउन नदिन सचेत गराउनु भएको छ । राहत वितरणका लागि सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् हुनुपर्ने बताउनु भएको हो । भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पश्चिम पुग्नुभएका राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको हो । उहाँले लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रूपमा विपद् सामनामा साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस