२०८१ बैशाख ७ गते शुक्रवार | 2024 April 19th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३५ जना यात्रु सवार काठमाडौं जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना

Road Accident

रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ। धनगढीबाट काठमाडौँ जाँदै गरेको रात्रिबस नवलपुरको घ्युखोलामा दुर्घटना हुँदा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका आइरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा बिहानको समयमा रात्रिबस दुर्घटना हुँदा २९ यात्रु घाइते भएको पौडेलले बताउनुभयो ।

बसमा ३५ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस