२०८१ बैशाख १३ गते बिहिवार | 2024 April 25th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परिवर्तन … एक अभियान द्वारा मायाँ घरमा रहेका १४२ जना असहाय नागरिक लाई खाना वितरण

इटहरी /सुनसरी। इटहरी उप-महानगरपालिका वडा नं ७ मा रहेको सामाजिक संस्था परिवर्तन … एक अभियान द्वारा मायाँ घरमा रहेका १४२ जना असहाय नागरिक लाई खाना वितरण गरिएको छ। इटहरी २ मा रहेको मायाँ घरमा रहेका, परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४२ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई आज बिहानको १ छाक सदा खाना ( खाना, दाल ,तरकारी,अचार ) वितरण गरिएको छ।


उप्त कार्यकममा बोल्दै मायाँ घरकी कोषाध्क्ष लक्ष्मी बराल गौतम ले मायाँ घर को अवस्था बारे जानकारी दिंदै खाना खुवाउने कार्यकम राख्नु भएको मा परिवर्तन एक अभियान लाई धन्यवाद दिनु भयो। परिवर्तन … एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरे सामाजिक सेवभाब ले स्थापित सस्थाले यसरि नै असाहय, दुखि,गरिब लाई सेवा गर्ने गरेको बताउनु भयो। र उहाले भन्नु भयो : समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो । यसले उजिल्याउँछ र सार्थक जीवनतिर निर्देशित गर्छ मानिसलाई । जब मानिसलाई अरुको दुःखमा दुख्न थाल्छ र समभाव जागृत हुन्छ, तब शुरु हुन्छ उसमा परोपकारी भावना । अरुको पीडामा जब आँखाहरु टिल्पिलाउँछन् र मुटु भक्कानिन्छ, मानिसमा समाजसेवाको भावना जागृत हुन्छ, अनि उसले खोज्न थाल्छ मानवको सेवा गर्ने बाटो । सामाजिक भावना भएका मानिस जहाँ लाग्छन् हृदयदेखि लाग्छन् र उनीहरु लागेको ठाउँमा सफल बन्छन् ।

हेर्नुहोस् भिडियो :

उप्त कार्यक्रम मा बिल्दै इटहरी उप-महानगरपालिका वडा नं ७ का वडा सदस्य एवम् परिवर्तन … एक अभियानका परिकल्पनाकार एवम् सल्लाहकार दिपक घिमिरेले भन्नुभयो : मानव मुक्तिको सपना सबभन्दा बढी लोकतान्त्रिक, उन्नत र मानवताले ओतप्रोत सपना हो । जनतालाई न्याय र समानताको सपना देखाउने र सोही अनुरुप जनतालाई साथ लिएर मुलुकमा साँचो अर्थमा नवनिर्माणको लहर ल्याउन सक्ने नेतृत्व आजको खाँचो हो । एक्कासौं शताब्दीमा नेतृत्व सामुहिक प्रयासबाट जन्मिन्छ र नेतृत्व मूलतः सामुहिक नै हुनुपर्दछ । हरेक मानिसका विविध प्रतिभा र क्षमतालाई प्रयोग गरी सामुहिक र राष्ट्रिय ध्येयलाई केन्द्रमा राखी सामुहिक नेतृत्व निर्माण प्रक्रियालाई अघि बढाउन आवश्यक छ । वास्तवमा आजको पुस्ताले गतिशील, विचारवान र सामुहिक नेतृत्व पद्धतिमै बढी विश्वास गर्नुपर्दछ । बिना स्वार्थ आत्मसात गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन योजनाका साथ समस्त जनतालाई साथमा लिएर नेतृत्व अघि जानु पर्छ।

साथै उप्त कार्यक्रम मा बिल्दै इटहरी उप-महानगरपालिका वडा नं ७ का वडा सदस्य एवम् परिवर्तन … एक अभियानका सल्लाहकार नेत्र गुरागाईं ले भन्नु भयो : सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो ? खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ ।

उप्त कार्यक्रम मा परिवर्तन … एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरे,जनप्रतिनिधि द्वय : दिपक घिमिरे, नेत्र गुरागाईं,उपध्क्ष संजय सर्मा, सह-सचिव इन्दिरा गिरि, सल्लाहकार संयोजक बसन्त पोख्रेल, प्रचार बिभाग प्रमुख सुबास घिमिरे, सदस्य हरु दिनेस गुरागाईं, महेस गुरागाईं, मदन काफ्ले,युवराज घिमिरे,मनोज बुडाथोकी,अच्युत चापागाईं, सुशिला घिमिरे,कुसल सत्याल,सन्तोस महत लगायत को सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस