२०८१ बैशाख ७ गते शुक्रवार | 2024 April 19th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युट्युबर मनोज मानव पुर्पक्षका लागि थुनामा

काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको साइबर ब्युरोका उप–निर्देशक (एसपी) दीपक राज अवस्थीले जानकारी दिए ।

एक महिलाको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । साइबरसम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका थिए । तर आज फेरि अदालतले फैसला गर्दै पुर्पक्षका लागि थुनामा पठायो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस