दिनेश भण्डारी/काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निश्चित भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावको सुनिश्चितताको लागि सरकारमा जान लागेको खुलासा गरेका हुन् । बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले संविधान कार्यन्वयनका लागि चुनाव सम्पन्न हुनु अनिवार्य भएकाले प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सुनिश्चित गर्न सरकारलाई निसर्त र निस्वार्थ समर्थन गरेको दावी गरे ।

उनले बाम गठबन्धन भएपछि स्वभाविक रुपमा लोकतन्त्रवादी शक्ति एक हुनु आवश्यक भएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धनले बहुमत हाँसिल गर्ने दावी समेत प्रस्तुत गरेका थिए । लोकतान्त्रिक गठबन्धनभित्र राप्रपाले प्राप्त गर्ने सिट संख्या एकीन भइनसकेको बताउदै थापाले सिटको बार्गेनिङ्ग भन्दा पनि लोकतन्त्रवादीको बहुमतका लागि राप्रपा लागिरहेको धारणा राखेका थिए ।

सम्बन्धित खबरहरु