२०८० चैत्र ६ गते मङ्गलवार | 2024 March 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक सेकेण्डमा ४० लाख जनाका हातमा सूचना र सन्देशको नोटिफिकेशन – www.janaboli.com

जनबोली न्यूज नेटवर्क प्रा. लि.

जनबोली https://www.janaboli.com सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको एउटा जिम्मेवार सञ्चार प्रतिष्ठान हो ।

हामी कसैप्रति केन्द्रीत छैनौँ । जस्तो नाममा शब्द चयन गरिएको छ हाम्रो प्रसारण र प्रकाशनको केन्द्रविन्दुपनि जनबोली नै हुनेछ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् भन्ने हाम्रो सम्पादकीय आवरण हो ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च बनाउँन सत्य, तथ्य, निष्पक्षताको तराजुमा तौलिएर जनताका आवाज प्रस्तुत गर्ने विश्वको एकमात्र नेपाली र अग्रेजी दुबै भाषाको सञ्चार माध्यम हो जनबोली ।

वि.सं. २०७१ सालमा स्थापना भएको यो सञ्चार प्रतिष्ठान शुरुवात चरणदेखि नै विभिन्न डिजिटल तौलमा मापन गर्दा नेपालको उत्कृष्ट १० भित्र रहिरहन सफल छ । हाम्रो अनवरत मेहनतलाई पाठक, विज्ञापनदाता, प्रचारक, लेखक तथा शुभेच्छुकहरुले मन पराईरहनुभएका कारण हाम्रो लोकप्रियता बढिरहेको हो भन्न हामी कदापी कन्जुस्याई गर्दैनौँ ।

जनबोली डटकम

जनबोली न्यूज नेटवर्क प्राइभेट लिमिटेडद्वारा सञ्चालित जनबोली डटकम (www.janaboli.com) अनलाइन पत्रिका (News Portal ) को दुनियाँमा पुरानो तथा लोकप्रिय सञ्चार प्रतिष्ठान हो । यो सञ्चार प्रतिष्ठान वि.सं. २०७१ मंसिर १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा १२९१९६/०७१/०७२ नम्बरमा दर्ता भएर सञ्चालन भइरहेको छ । छोटो समयदेखि नै यो डिजिटल पत्रिका उत्कृष्ट १० नम्बरमा (पाठक संख्याको हिसाबमा) रहिरहन सफल छ । यस प्रतिष्ठानले (www.janaboli.com) बाट नेपाली, http://en.janaboli.com बाट अंग्रेजी तथा https://www.pressadda.com बाट हिन्दी भाषामा समाचार तथा प्रवद्र्धनात्मक सामाग्री प्रकाशन / प्रसारण गरिरहेको छ । भिडियोमा समाचार तथा प्रसारण सामाग्रीहरु प्रसारणका लागि यस प्रतिष्ठानसँग विभिन्न माध्यम छन् । https://www.youtube.com/@Janaboli युबट्युब च्यानल (१ लाख ३२ हजार फलोअर्स) र टिकटक https://www.tiktok.com/@janabolitv लोकप्रिय छन् ।

एक क्लिकमा ४० लाख जनाका हातमा सूचना

राजनीतिक/आर्थिक समाचार एवं प्रवद्र्धनात्मक सामाग्री प्रसार गर्नका लागि फेसबुकको मुल फ्यान पेज https://www.facebook.com/janaboliofficial (हाल १३ लाख ५१ हजार फलोअर्स) छ । दैनिक रुपमा बढिरहेको हुन्छ । भिडियोसँगै जनबोलीका प्रकाशन सामाग्री थप प्रसार गर्न https://www.facebook.com/janabolitvofficial (२ लाख ७४ हजार फलोअर्स), विज्ञान , प्रविधि, शिक्षा तथा संस्कृति विधाका सामाग्रीलाई थप प्रचार तथा प्रसार गर्नका लागि https://www.facebook.com/janabolilearningcenter (५ लाख ५१ हजार फलोअर्स र ग्रुप https://www.facebook.com/groups/httpswww.facebook.comtukupuedujanaboli (३ लाख ३३ हजार सदस्य), अंग्रेजी समाचारका लागि https://www.facebook.com/entertainmentcast (१० लाख माथी फलोअर्स), हिन्दी समाचारका लागि https://www.facebook.com/pressaddaofficial (१ लाख ३७ हजार माथी फलोअर्स) रहेका सोसल मिडियाहरु यस प्रतिष्ठानको अधिनमा छन् ।

जनबोली न्यूज नेटवर्क प्रा.लि. ले अनलाइन न्यूज पोर्टल तथा अखवार (पत्रपत्रिका) प्रकाशन, जर्नलहरु प्रकाशन, मुद्रण तथा छपाइसम्बन्धी काम गरिरहेको छ । दूरसञ्चार क्रियाकलापहरु, विज्ञापन, छपाइ वा विद्युतीय स्वरुपका साथै इन्टरनेटसमेतबाट प्रकाशनको अनुमति लिएर काम गरिरहेको छ । यस सञ्चार प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३२ मा रहेको छ ।

सात प्रदेशमा प्रदेश ब्यूरो र केही जिल्लामा जिल्ला कार्यालयहरु रहेका छन् । १८ बर्षदेखि अनवरत रुपमा पत्रकारिता गरिरहनुभएका इन्द्रप्रसाद आचार्य हाल यस प्रतिष्ठानको सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ । उहाँले रेडियो रुपाकोट, गोरखापत्र दैनिक, च्यानल नेपाल टेलिभिजनमा समाचार वाचक/सम्वाददाता हुदै नेपाल वान टेलिभिजनमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँको नेतृत्वमा रहेको जनबोली न्यूज नेटवर्कको सम्पादकीय समूहले पाठक एवं विज्ञापनदाताको मन जित्न सफल भइरहेको छ ।

हाम्रा पाठकबाट तपाई जो कोहीले व्यवसायीक लाभ लिन सक्नुहुनेछ । उहाँहरुलाई आवश्यक बस्तु तथा सेवा तपाईले वितरण गरिरहेको तर उहाँहरुलाई थाहा भइनरहेको हुनसक्छ । सुपथ मूल्यमा विज्ञापन गरेर आफ्नो पेसा, व्यवसाय, उद्योगको आम्दानी बनाउन सक्नुहुनेछ । हामीले अत्यन्तै सुपथ मूल्यमा अधिक लाभ हुने विज्ञापन स्थान दिइरहेका छौं । भिडियो, अडियो, तस्बिर र शब्दचित्रमा विज्ञापन बनाउनुपर्ने छ भनेपनि हामी सहुलियत मूल्यमा बनाइदिन्छौं । सुनौलो अवसरका लागि अहिले नै सम्पर्क गर्नुहोस् । जति प्रचारमा खर्च गर्नुहुन्छ । उद्योग, व्यापार, पेसा, व्यवसाय त्यति नै विस्तार हुने हो । ढिला नगर्नुहोस् ।।

तीन वटा न्यूज पोर्टलमा मासिक ९७ लाख बढी भिजिटर । । Click-Through Rate (CTR) का आधारमा विज्ञापनको शुल्क लिइने । विज्ञापनदातालाई आफ्नो विज्ञापनको प्रभाव हेर्न Dashboard र Google Analytics मा लिंक गरिने ।

जनबोली डटकम
जनबोली न्यूज नेटवर्क प्रा.लि.
काठमाडौं महानगरपालिका वडा नं. ३२
+977-9851097694
info@janaboli.com

 

प्रतिक्रिया दिनुहोस