काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि फेब्रुअरी ९ तारिखदेखि १३ तारिखसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ ।

एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना गरियो । यसैगरि सहभागीहरुले लाबीम मलमा यहि १२ र १३ फेब्रुअरीमा सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्नेछन् । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो ततपश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट यहि फेब्रुअरी २० तारिख सम्ममा प्राप्त गर्नेछन् ।

सम्बन्धित खबरहरु