काठमाडौ । भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई जबर्जस्ती करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिन। पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।बैशाख २० गते राति युवकले आमालाई करणी गरेको उनकी पत्नीले प्रहरीसँग बताएकी छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीसँगको बयानमा भने आमाले सबैकुरा सहमतिमै भएको उल्लेख गरेकी छन् । सहमतीमै भएपनि हाडनाता करणी अभियोगमा मुद्दा लाग्ने जिल्ला प्रहरी कार्यालयका सई रोशन श्रेष्ठले बताए । उक्त अभियोगको सजाय अधिकतम आजीवन जेल सजायसम्म हुनसक्ने कानुनी ब्यवस्था छ ।

सम्बन्धित खबरहरु