एजेन्सी । विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपिएल) मा नेपाली क्रेकेटर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली डेयरडेविल्स प्लेअफमा जाने दौडबाट बाहिर भैसकेको छ। यद्यपी, दिल्लीले आफ्ना बाँकि रहेका म्याचहरुमा टिमको सम्मान बचाउनको लागि पनि ज्यान दिएर पक्कै लड्नेछ। यसैबीच समूह चरणका १४ खेल मध्ये १२ खेल खेलिसकेको दिल्लीले जम्मा ३ खेलमा मात्र जित हात पर्दै ६ अकं बटुलेको छ । पछिल्लो खेल १२ मे अर्थात बैशाख २९ गते सनिबार दिल्लीको आफ्नै घरेलु मैदान फिरोज कोटला मैदानमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलेको थियो। यसैबीच यस सिजनमा निकै कमजोर प्रदर्शन गरेको दिल्लीले आफ्नो प्लेईङ इलाभेनमा लगातार सबै भन्दा धेरै फेरबदल गर्यो। तर, पनि उस्ले खासै राम्रो नतिजा ल्याउन सकेन।

यसैबीच दिल्लीले आइपिएल २०१८ को ४५ औँ खेलमा १७ वर्षीय नेपाली खेलाडि सन्दीप लामिछानेलाई टिम खेलबाट बाहिर भैसकेको अवस्थमा भए पनि खेल्ने अवसर थियो। उक्त दिन सन्दिपसँगै भारतका युवा खेलाडी अभिषेक शर्माले पनि पहिलो पटक खेल्ने मौका पाएका थिए। यतिबेला सामजिक संजालमा सेलिब्रेटी नै बनेका सन्दिपलाई दिल्लीले उनका नेपाली तथा विश्वभरका फ्यानहरुको आग्रहमा मैदान उतारेको थियो। पहिलो पटक प्लेईङ इलाभेनमा परेर मैदान उत्रिएका सन्दीपले आफ्नो डेब्यू खेलमै इतिहास रचे। नेपाली सेन वार्नको नामले चर्चित सन्दिप, नेपालका पहिलो क्रिकेटर हुन्, जो विश्व चर्चित क्रिकेट लिग आईपीएल छनोट भएर खेल समेत खेल्ने मौका पाए। यस खेलमा विराट कोहोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएका थिए। दिल्लीले यस सिजनमा सबै भन्दा धेरै खेलहरु भोगेको समस्या यो खेलमा पनि भोग्नु पर्ने अवस्था आयो। खेलमा दिल्लीले सुरुवाती दुई ब्याट्सम्यान मात्र १६ रनमै गुमायो। त्यसपछि ब्याटिङ गर्न आएका कप्तान श्रेयस अय्यर, ऋषभ पन्त र विजय शंकरले पारी सम्हाले। त्यसपछि आएका ब्याट्सम्यान अभिषेक शर्मा आफ्नो पहिलो म्याच मै सोचे भन्दा निकै राम्रो प्रदर्शन गर्दै १९ बल मै ४ छक्का र ३ चौकाको मद्दतले आक्रामक ४६ रन प्रहार गरे। जसको कारण दिल्लीले १५० रनको आँकडा पनि पार गर्दै शर्माको तुफानी ब्याटिङकै कारण २० ओभरको खेल सकिंदा १८१ रन्को विशाल लक्ष्य बनाउन सफल बन्यो।


१८२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको रोयल च्यालेन्जर्स बेंग्लोरलाई पहिलो ओभरनै पहिलो पटक डेब्यू गरेका नेपाली खेलाडि सन्दीपको बलिङ सामना गर्नु पर्ने अवस्था आयो। पहिलो ओभरमै सन्दीपले आफ्नो लेग ब्रेक स्पिन र गुगलीको जादु देखाउँदै ४ बल डट फाल्न सफल भए। उनको बलिङ बेंग्लोरका ब्याट्सम्यानले राम्रोसँग सामना गर्न समेत गार्हो भएको देख्न सकिन्थ्यो। जसको फाइदा सन्दिपलाई दास्रो अभरमा मिल्यो र उनले बेंग्लोरका ओपनर पार्थिव पटेललाई एल पी डब्लू आउट गराउदै आईपीएल इतिहासको पहिलो विकेट आफ्नो पहिलो खेलको दास्रो ओभरमै लिन सफल भए। आफ्नो स्पेलको ४ ओभर नै गरेका सन्दीपले विश्वभरका क्रिकेटप्रेमीहरु सबैको मन जित्न सफल भए। यद्यपि, दिल्लीले उक्त खेल हरे पनि सनिप्ले भने सबैको मन जित्न सफल भए। जहाँ, खेलमा दिल्लीका सबै बलरहरु लगातार धुलाई खाईरहेका त्यहिँ सन्दीपले भने लगातार निकै किफायती बलिङ गरिरहेका थिए। सन्दीपले ४ ओभर बलिङ गर्दा ६.४ को औसदले जम्म २५ रनमा खर्चेर १ विकेट पनि लिए। सन्दिपको त्यो प्रदर्शन उक्त दिनको दिल्लीको सबैभन्दा राम्रो बलिङ प्रदर्शन थियो।

सम्बन्धित खबरहरु