मकालु एयरको विमान दुर्घटना, हुम्लाको लामा डाँडामा क्षतविक्षत अवस्थामा भेटियो [५ तस्विरसहित]

2018-05-16 19:37

काठमाडौ । बुधबार बिहान हुम्लाका लागि हिँडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामा डाँडामाथिको बाहु्न खर्कमा दुर्घटनाग्रस्त भएको छ । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्क बिहीन भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी विमानमा सवार दुवै चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाली दुवैको घटनास्थलमै शव फेला परेको छ । मकालु र माउन्टेन एयरको दुईवटा हेलिकोप्टरको खोजीका क्रममा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

    Comment Here!


सम्बन्धित समाचार