डोटी । बिहानपख ब्यूँझिदा राती सँगै सुतेका आमाछोरी मृत फेला परेपछि कस्तो अवस्था होला ? कल्पना पनि गर्न नसकिने यस्तै घटना डोटीमा घटेको छ । डोटी सदरमुकाम सिलगढीमा रहेको एक होटलमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन् । स्थानीय सृजना होटलमा बास बसेका चुरे गाउँपालिका–१, कैलालीकी २४ वर्षीया शोभा साउद र उनकी १८ महिनाकी छिोरी करुणा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सडकमा पेटी ठेक्का लिँदै आएका शोभाका २६ वर्षीय श्रीमान् प्रेमबहादुर साउदसँगै आमा–छोरी होटलमा बसेका थिए । रातिसँगै सुतेका प्रेमले बिहान करिब चार बजे आफ्नो श्रीमती र छोरी मृत अवस्थामा फेला परेको भन्दै प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबरहरु