काठमाडौ । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई केहीबेर जेब्रा क्रसिङको नियमबारे ट्राफिक प्रहरीले प्रशिक्षण दिए । त्यसैगरी त्रिपुरेश्वरका कुमार श्रेष्ठ र श्रीराम पण्डित पनि जथाभावी बाटो काट्दै गर्दा प्रहरीको फन्दा परे ।

के तपाई पनि आकाशे पुल र जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी सडक पार गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने होस गर्नुहोला, काठमाडौंको सडकमा आइतबारदेखि व्यापकरुपमा प्रहरीहरु परिचालन गरिएका छन्, जसले तपाईलाई समातेर प्रशिक्षणमा पठाउन सक्छ । आइतबार रत्नपार्क, बानेश्वर लगायतका चोकमा परिचालित प्रहरीहरुले सैयौं यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रशिक्षण दिई पठाएका थिए । यो क्रम सोमबार पनि जारी छ ।

जथाभावी बाटो काटिरहेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर सडकको छेउमा भेला गराउने गरेका छन् । त्यसरी भेला पारिएका यात्रुहरुलाई जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो काट्नुपर्ने र सडकमा हिँड्दा ख्याल गर्नुपर्ने कुराहरु सिकाइने गरेको छ । ‘हामी जेब्रा क्रसबाट हिँड्नुपर्छ र आकाशे पुलको प्रयोग गर्नुपर्छ’ पक्राउ गरिएका यात्रुहरुलाई ससडकको किनारामा प्रशिक्षण दिँदै ट्राफिक प्रहरीका एक इन्स्पेक्टरले भने– ‘बच्चाहरु चकचके हुन्छन्, त्यसैले उनीहरुलाई कुनापट्टिको साइटमा लिएर हिँड्नुपर्छ ।’ अनलाईन खबरबाट साभार

https://www.youtube.com/watch?time_continue=1&v=6gAVZ7hN5FI

सम्बन्धित खबरहरु