काठमाडौं । संयुक्त राज्य अमेरिकामा विवाहका लागि कानूनी उमेर (न्यूनतम विवाहको उमेर) राज्य अनुसार फरक हुन्छ । केही राज्यहरूले विश्वका अधिकांश देशहरुमा भन्दा धेरै कम उमेरमा विवाह गर्न अनुमति दिन्छ। अधिकांश राज्यहरूमा अभिभावकको सहमतिमा १६ वर्षको न्यूनतम विवाहको उमेर छ । केही राज्यहरूमा न्यूनतम विवाहको उमेर १८ वर्ष तोकिएको छ । केहीमा भने १५ बर्षलाई नै अनुमति दिइन्छ । केन्टकी र लुइसियानामा १५ बर्ष नपुगेसम्म विवाह गर्न पाइदैन । म्यासाचुसेट्स र न्यू ह्याम्पशायरमा १४ वर्षमा नै विवाह गर्ने कानूनी उमेर तोकिएको छ । पेन्सिलभेनिया, कनेक्टिकटमा त १३ बर्षमा नै विवाहका लागि कानूनी उमेर तोकिएको छ ।
आमाबाबुको सहमति बिनापनि नेब्रास्का बाहेक अधिकांश राज्यहरूमा १८ बर्ष पुगेपछि विवाह गर्न पाइन्छ । बच्चाले आफै निर्णय गर्न पाउने योग्य उमेरमा भने धेरैमा एकरूप छ । तर नेब्रास्का र मिसिसिपीमा भने बुबाआमाको अनुमतिविना विवाह गर्न २१ बर्षको भएकै हुनुपर्छ ।
यो ध्यान दिन लायक छ कि अमेरिकामा राज्य कानून द्वारा न्यूनतम विवाह उमेर तोकिन्छ । त्यहाँ संघीय कानूनहरूले भने नजिकका नातेदारहरू बीच विवाह गर्न निषेध गर्ने व्यवस्था मात्र गरेको छ । विवाह मात्र हैन, माथी उल्लेखित उमेरमा व्यक्तिलाई आफ्नो इच्छामा कानूनी रूपमा यौन गतिविधिमा सहभागी हुन पाउने उमेरलाई जनाउँछ। अझ केही राज्यहरूमा सहमतिमा यौन सम्पर्कको उमेर न्यूनतम विवाहको उमेर भन्दा कम छ । जसको अर्थ विवाहपूर्व नै यौन गतिविधिमा सहभागी हुन अनुमति दिइएको छ । कानूनी रूपमा विवाह गर्न उमेर पुगेको छैन भनेपनि सहमतिमा यौन सम्पर्क भने गर्न पाउनेछन् ।
Legal Marriage Age by State

