२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाली पहलमान देवा थापाले भारतीयलाई भुई टेकाउँदाको रोमाञ्चक क्षण

deva thapa nepal vs India new pahelvan kushti dangal

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शुरु भएको छ। आफ्नै पुरानो इतिहास, संस्कृति संवर्द्धन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न वृन्दावनको विश्रामपुरस्थित चाँदी खोलानजिक लागेको दुर्गा मेलाका अवसरमा आयोजना गरिएको ३ दिवसीय दंगल प्रतियोगिता शनिवार शुरु भएको हो।

शनिवार प्रतियोगिता हेर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्लाका हजारौं दर्शकको उपस्थिति थियो। शनिवार भएको खेलमा नेपालका चर्चित कुस्ती खेलाडी देवा थापा र भारतीय खेलाडी शंकर सिन्हाको पहलवानीले दर्शक रोमाञ्चित भएका थिए।

नेपाल तथा भारतका ५२ जना राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती खेलाडीले कौशल प्रतियोगितामा प्रस्तुत गर्दै छन्। तीमध्ये ११ जना महिला खेलाडी रहेका छन्। वृन्दावन नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगिताको उदघाटन वृन्दावन नगरपालिका वडा नं–१ का वडाध्यक्ष रामनाथ सहनी र वडा नं–२ का वडाध्यक्ष सिकिन्द्र पटेलले संयुक्त रुपमा गरेका थिए।

कुस्ती प्रतियोगितालाई गरुडा नमुना माविका प्रधानाध्यापक प्रभु पटेलको उदघोषणले अझै आकर्षक र रोमाञ्चक बनाएका थिए। प्रतियोगितामा नेपाल तथा छिमेकी मुलुक भारतका चर्चित कुस्ती खेलाडीहरुले भाग लिएका छन्। सो दंगलमा भारतको दिल्ली, हरियाणा, बिहार, राजस्थान, अयोध्या, मध्यप्रदेश, कानपुर, गाजियाबादका साथै देशका विभिन्न स्थानका पहलवानहरुले दर्शनीय कुस्ती खेलेर दर्शकहरुलाई मोहित पार्ने प्रयास गर्ने छन्।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस