२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो : मन्त्री भगबती चौधरी

काठमाडौं। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनु भएको छ। ईस्लाम धर्मावलम्बीहरुको महान् चाड “ईद उल फित्र ” को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण ईस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरु लाई एक शुभकामना सन्देस दिँदै मन्त्री चौधरीले उप्त कुरा बताउनु भएको हो।

मन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।”
हेर्नुहोस शुभकामना सन्देस

“ईद उल फित्र ” को शुभकामना !
—————————————–
ईस्लाम धर्मावलम्बीहरुको महान् चाड “ईद उल फित्र ” को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण ईस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको र यहाँ मनाईने प्रत्येक चाडपर्व एवं परम्पराहरुको आ-आफ्नै विशिष्ठता र महत्व हुने भएकोले सम्पुर्ण जात-जाती र धर्मावलम्बीहरुका चाडपर्वहरु प्रति उच्च सम्मान गर्नु अपरिहार्य छ ।
यस पर्वले नेपाली मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमाझ पारस्परिक सद्भाव, मित्रता, एकता र धार्मिक सहिष्णुताको भावना अभिवृद्धि गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै पुन: यो पर्व उमङ्ग र हर्षोल्लासपुर्वक सम्पन्न होस भनी शुभेक्षा व्यक्त गर्दछु।
माननीय भगबती चौधरी
मन्त्री
महिला बालबालिका तथा जेष्ठ नागरिक

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै मन्त्री चौधरीले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पार्नुभयो।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस