नवराज पराजुली / जनबोली न्युज डेस्क, काठमाडौं । गर्मी ह्वात्तै बढे सँगै, बजारमा नयाँ नयाँ फेसन देखिन थालेका छन् । केही समय अगाडि ललितपुरको ग्वार्को सिनेमा हल नजिकै माईक्रो स्कर्टमा ३ ईन्च अग्लो हिल जुत्तामा सजिएकी नाभी देखिने गरी टप वस्त्र लगाएकी युवती म भए नजिकको पोलमा आएर अढेस लागिन् । मनमा कौतुहलताले उत्कण्ठा जगाउन थाल्यो ।

मुटुको गति साविकको भन्दा केही बढी भएको मैले चाल पाएँ । छेवैको पोलमा युवती थिईन् त्यै पनि छोटा कपडामा । आङै भरी मगमग आउने कडा अत्तर छर्केकी रहिछन् । गन्ध मेरो नाकको पोरामा पर्यो । युवतीले मलाई कर्के नजरले हेरिन्, मुसुक्क मुस्कुराईन् अनि उनी आफ्नो बाटो लागिन् । म टोलाको टोलाई भएँ, केही समय पछि म पनि आफ्नो बाटो लागेँ ।

कुनै पनि व्यक्तिलाई सुहाउँने पहिरन उसको लागि फेसन हो । एउटा जीवनशैली नै फेसन हो । जहाँ सहजता, सुन्दरता र ग्यामरताको त्रिवेणी हुन जरुरी छ । उचित तरिकाले जीवनलाई अगाडी बढाउनु नै फेसन हो । बढीरहेको गर्मीमा पाश्चात्य शैलीको आवरणले नेपाली समाजमा अजङ्गको ज्वरो गाडेको छ भन्नै पर्छ । आजकालका फेसनमा मूख्यतः युवतीहरुमा क्रेज ज्यादा उत्पन्न भएको छ ।

गर्मीसँगै नयाँ–नयाँ फेसन पनि भित्रिने गरेका छन् र ती डिजाइन गर्नेको माग पनि त्यही अनुपातमा बढ्दो छ । यी कुरालाई काठमाडौंका युवतीहरुले बढी बुझेको हुनुपर्छ, सायद त्यसैले होला फेसन डिजाइनर बन्ने चाहना बोकेकाहरू अहिले धेरै बढिरहेका छन् । वर्तमान युगमा फेसनबारे कोही कसैले सिकाई राख्नुपर्ने आवश्यकता छैन तथापि पछिल्ला समयमा युवतीहरुको फेसन डिजाईनिङ्गमा उल्लेख्य सहभागिता भएको पाईन्छ । पहिरन विशेषलाई लक्षित गदैै विभिन्न ईन्स्टिच्युट, कलेजहरुले मान्यता दिँदै आईरहेका छन् त पढाईको सिलसिला, कोर्स पनि निर्माण भएको छ ।

बढ्दो फेसनको स्कोप र सोही अनुरूप आफूलाई ढाल्न उनीहरू फेसन डिजाइनिङतर्फ युवतीहरु आकषिर्त भइरहेका छन् । यहाँ बढिरहेको फेसन गतिविधिले युवायुवतीहरूलाई फेसन अध्ययनमा रुचि जगाएको फेसन डिजाइनरहरू बताउँछन् । फेसनेबल पहिरनमा ठाँटिएर ललितपुरमा फेन्सी स्टोर खोलेकी आरती अधिकारी निकै उत्सुकतावस डिजाइनिङ गरिरहेकी थिइन् ।

नयाँ स्टाइलकी पारखी अधिकारीले एक वर्ष बुटवलमा फेसन डिजाइनिङ गरेपछि चार महिनादेखि काठमाडौंमा अध्ययन गर्न थालेकी हुन् । पढाइमा अब्बल उनलाई डाक्टर नर्स बन्नेतर्फ ध्यान पटक्कै गएन । डिजाइनिङमा रुचि राख्ने अधिकारीले भविष्यको उद्देश्य नै फेसन डिजाइनर बनेर बुटिक खोल्ने रहेको छ । स्वदेशमा मात्रै होइन विदेशमा पनि फेसन डिजाइनिङको माग बढिरहेको छ । अधिकारीले भनिन्, स्कोप देखेर नै फेसन डिजाइनिङतर्फ लागेकी हुँ ।

यस क्षेत्रमा सबै भन्दा ठूलो चुनौती भनेको दक्षजनशक्ति अभाव हो । कालीगढलाई आफैले तालिम दिएर सिकाउनु पर्ने अवस्था छ । तर पनि कामदार पुग्न सकेको छैन । त्यस माथि आवश्यक कच्चा पदार्थ पनि छ । हामीले सबै आवश्यक सामान विदेशबाट भित्राउनु पर्ने अवस्था छ । नेपालमा उत्पादन हुन्छन् । तर त्यसमा गुणस्थर छैन । त्यसैले चाहेर पनि प्रयोग गर्न सक्ने अवस्था छैन ।

युवती मात्र नभएर युसवाहरु पनि फेसन डिजाईनिङमा तल्लिन छन् । तन्नेरीहरू आफैंभन्दा पनि अरूले लगाएको स्टाईलबाट प्रभावित भएर पनि यो पेसामा लाग्ने गरेका छन् ।  काठमाडौं न्युरोडको एक फेन्सी स्टोरका २२ वर्षीय नवराज सापकोटा अरूले लगाएको डिजाइन देखेर लोभिएपछि उनले आफूले पनि त्यस्ता डिजाइनरहरू तयार पार्ने आँट बोकेर फेसन डिजाइनिङ पढ्न थालेको बताउँछन् । एक वर्षदेखि अध्ययन गरिरहेका उनले भने, यो सिकेपछि बेरोजगारी बस्नु पर्दैन ।

आफू स्टाइलिस्ट देखिनु त छ नै, कसरी आफू पनि त्यस्ता पहिरनहरू तयार पार्न सकिन्छ भनेर फेसन पढाइ हुने फेसन सेन्टरमा युवायुवतीहरू झुम्मिन थालेका छन् । फेसनसम्बन्धी गतिविधि र सुन्दरी प्रतियोगिताले पनि फेसन डिजाइनिङको आकर्षण बढेको सापकोटा बताउँछन् ।

सुरुका दिनहरूमा फेसन अध्ययनको बारेमा धेरैले बुझ्न नसक्दा सम्बनिधत सस्था, ईन्स्टिच्युटलाई विद्यार्थी तान्न हम्मे परेको थियो । तर अहिले भने विद्यार्थी धान्न मुस्किल छ । विदेशी बसाई र आधुनिक जीवनशैलीका कारण पनि काठमाडौंमा फेसनसम्बन्धी ज्ञान लिनेहरूको संख्या बढेको हो । युवायुवतीसँगै गृहणी, कामकाजी महिलाहरूलाई पनि फेसन अध्ययनले अहिले आएर विस्तारै तानेको छ । फेसनमा नयाँ कुरा सिक्न थप अध्ययनका लागि विदेश जानै पर्छ भन्ने ।

हामी सक्छौँ, नसके कसले गर्छ? यो प्रश्न चिन्ह पहिलै देखि उठान हुादै आएको छ । आत्मबल दरो बनाए्र, कुनै काममा दत्तचित्त हुने हो भने एक दिन अवश्य सफल भईन्छ ।  सुरुमै आशातित प्रगतिको आशा राख्नु केबल मूर्खता हो । समय लाग्छ । काममा महत्वाकांक्षी हुनपर्छ । असफलताले पाठ सिकाउँछ, त्यो असफलता प्रथम चरणको शिक्षा हो । जमाना फेसनकै छ, समय अनुसार चलिएन भने त पछि परिन्छ । सुरुवातमा संघर्ष गरिएन भने पाईला बढाउन समस्या हुन्छ । कमजोरी यसैमा छ, काटिएको रुख त हाँगा बाट पलाएर आफ्नो जीवनको दोस्रो सु्रुवात गर्छ भने मानिस एउटा असपलता सँग किन हार खानी ?

जनमानसमा फेसनको चासो बढ्नुको कारण पनि छ, बग्रेल्ती टेलिभिजन च्यानल, हिन्दी सिनेमा, नयाँ(नयाँ विदेशी पहिरन आदिले पनि फेसनप्रतिको धारणामा परिवर्तन आएको हो । फेसनले पनि व्यक्तिको व्यक्तित्व झल्काउँछ । फेसन डिजाइनिङको बढ्दो क्रेजसँग फेसन डिजाइनर बन्नेहरूको चाहना बढिरहेको छ । फेरि बग्रेल्ती खुलेका फेसन हाउस र बुटिकहरूले पनि डिजाइनरहरूलाई रोजगारीको अवसर सिर्जना गरेका छन् ।

सबैले आ–आफ्नो डिजाइनलाई लिएर अगाडी बढ्नुपर्छ । अरुको डिजाइन चोर्नु भन्दा इमान्दार भएर आफुले नयाँ डिजाइन तयार गर्ने र ग्राहकको भावना अनुसार काम गर्ने हो भने यो समस्या आउँदैन ।तसर्थ, फेसन डिजाईनिङका बारेमा चलिआएका भ्रमबारेको मानसिकतामा फेरबदल ल्याउनु जरुरी छ । फेसन क्षेत्रमा सबैलाई स्वागत छ । तर फेसनको संसारमा लाग्न धर्यता, इमान्दारी र मिहिनेत तीन कुरालाई गुरुमन्त्र बनाएर अघि बढियो भने सफलता निश्चित छ ।

सम्बन्धित खबरहरु