मेरी २२ वर्षीय छोरी चन्द्रकला सिग्देल सिकिस्तै भएर टिचिङ अस्पतालको आइसियुमा छिन् । Guillian Barre Syndrome भएर हात–खुट्टा चल्दैन । श्वासप्रश्वासमा समस्या भइरहेको छ । उनलाई IVIG नामक औषधीको डोज दिनु पर्छ । यो अति नै महंगो छ । एक डोजकै ६५ हजार रुपैयाँ लाग्छ । उनलाई बचाउन सबै आफन्त, शुभेच्छुक र मित्रहरुले प्रार्थना मात्र गरिरहनु भएको छैन कि म र मेरो परिवारलाई मनोबल बढाउन हौसला दिइरहनुभएको छ । म हजुरहरुप्रति कति आभारी छु, व्यक्त गर्ने शब्द छैन तर यति महंगो औषधी हरेक दिन किन्न सक्ने मेरो सामर्थ्य छैन । छोरीले निको भएर पुनर्जीवन पाउनु मेरो लागि अहोभाग्य हुनेछ । यसमा सबै शुभेच्छुक, सहयोगी हातहरुको सहयोग नै सञ्जीवनी हुनेछ । तपाईँहरुको थोरै आर्थिक सहयोगले मेरी छोरीले बाँच्न पाउनेछिन् ।

चेतनाथ सिग्देल
मेलम्ची नगरपालिका ५, सिन्धुकोट, सिन्धुपाल्चोक
मोवाइल सम्पर्क नंः ९८६०७८२८६८ यसका लागि हजुरहरुले मेरो यो खाता नं मा सहयोग गर्न सक्नुहुनेछः चेतनाथ सिग्देल
०२१०५००४६६६४२०१६
कृषि विकास बैंक

सम्बन्धित खबरहरु