एजेन्सी । बलिउड अभिनेता सनी देओल यतिबेला लगातार फिल्ममा व्यस्त छन् । घायलको सिक्वेल पछि सनी यमला पगला दीवानाको सिक्वेल गर्ने भएका छन् । यस्तैमा उनी आफ्नो सुपरहिट फिल्म घातकको पनि सिक्वेल बनाउन खोज्दैछन् । यही विषयलाई लिएर उनले राजकुमार संतोषीसँग पनि कुरा गरेका छन् । जो घातकका निर्माता थिए ।

खासमा सनीले घातक २ को लागि राम्रो कथा भेटेका छन् । छिटै यसको काम सुरु हुने अनुमान गरिएको छ । यदि यस्तै भयो भने फिल्ममा धमाकेदार एक्शन देख्न पाइनेछ । जसको लागि फिल्मको स्क्रिप्ट दमदार बनाउने प्रयास गरिएको छ । दामिनी घायल र घातक जस्ता सुपरहिट फिल्म गरेको सनी र राजकुमारको जोडी घातक २ मा २२ वर्षपछिसँगै आउन लागेको हो ।

सम्बन्धित खबरहरु