काठमाडौ । उनी झट्ट हेर्दा मोडेल वा चलचित्र क्षेत्रकी कुनै अभिनेत्री भन्दा कम छैनन् । खुबै स्मार्ट छिन् तर उनको पेसा भने फरक छ । उनी हुन् एरिका महत, एपेक्स डेभलपमण्ड बैकमा ५ बर्षदेखि कार्यरत छिन् ।

यस क्षेत्रमा लागेर बैंकर बन्ने उदेश्य लिएकी महत बैंकको अप्रेसन डिपार्टमेन्टमा काम गर्दै आएकी छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सानैदेखि नै उनलाई यसै क्षेत्रमा लाग्ने सोच थियो । पछि पढाईपनि यही क्षेत्रमा मिल्ने छानिन् । महतले पढाई र बैंकको काम एक साथ अगाडि बढ्यो । यस क्षेत्रमा प्रवेश गरेपछि बैंक र वित्तिय क्षेत्र बुझ्ने अवसर पाएको बताउर्दै उनले थपिन–‘धेरै कुरा सिक्ने अवसर पाइएको छ, बैकिङ्ग क्षेत्रमा धेरै अवसर छन् ।’ २३ बर्षकी महत दिनहुँ केही न केही नयाँ कुरा सिक्नु पाउनु र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्न पाउदा खुसी लाग्ने अनुभव सुनाउछिन् । बैकिङ्ग क्षेत्र राम्रो भएकाले आगामी दिनमा राम्रो बैङकर बन्ने उनको लक्ष्य छ । हेरौ उनका केही तस्विर ।

सम्बन्धित खबरहरु