काठमाडौ । हामी कुनै विदेशीले सेवा सुविधा त्याग गरेको खबर यति गर्वका साथ सेयर गर्छौ र भन्छौ नेपालीले सिकौँ । तर सम्माननीय राष्ट्रपतिले अरुको सिको गरेर हैन स्वविवेकीय रुपमा करोडौँका अति सुविधायुक्त सवारी राज्यलाई बुझाएर ६० लाख पर्ने विद्युतीय कारण चढ्नुभएको छ । नेपाल जलविद्युतमा अति धेरै क्षमता भएको देश भएकाले अव यो ब्रमाण्ड बचाउन प्रदुषण गर्ने अरु इन्धनका सवारी थन्क्याएर विद्युतीय सुरु गरौँ । भन्ने सन्देश दिन उहाँले यसो गर्नुभएको स्रोतको दावी छ । उहाँको यो सुरुवात विश्वले नै अनुशरण गनए जरुरी छ । राष्ट्रप्रमुखले विद्युतीय गाडी प्रयोग गरेपछि मन्त्री, सरकारका वरिष्ठ अधिकारी र सर्वसाधारण समेत आर्कषित हुने वातावरणविद् भूषण तुलधारले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्युतीय सवारी साधन प्रयोग गर्ने भएकी छिन । भण्डारीको विद्युतीय गाडी चड्ने चाहना अनुरुप चिनिया बिवाइडि कम्पनिको ई– सिक्स मोडलको करिब ६० लाख पर्ने कार खरिद गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार ‘राष्ट्रपतिसँग जैविक इन्धनले गुड्ने गाडी आधा दर्जनभन्दा धेरै छन्’ वातावरणविद भुषण तुलाधरका अनुसार राष्ट्रप्रमुखले विधुतिय गाडी चढे पछि मन्त्री, सरकारका वरिष्ठ अधिकारी र सर्वसाधारण सम्म आकर्षित हुने बताए।

सरकारले विधुतिय सावारीलाइ प्रोत्साहन गर्न विद्युतीय सवारी सञ्चालन प्राथमिकतामा राखेर शतप्रतिशत राजस्व र नवीकरण दस्तुरमा छुट दिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए।

२०३० भित्र पेट्रोलियमबाट चल्ने सावारी साधन विस्थापन गर्न चीन, भारत र युरोपेली देशहरुले निर्णय गरिसकेका छन। यस्तै गरि नेपालले पनि छिट्टै पेट्रोलियमबाट चल्ने सवारीसाधन विस्थापित गर्ने निर्णय गरिसकेको कारण योजना अनुरुप सरकारले कार्यक्रमहरु अगाडी बढाउँदै लाग्न लागेको छ ।

सम्बन्धित खबरहरु