काठमाडौँ । अहिले सबैभन्दा चर्चामा रहेको संस्था नेपाल विद्युत प्राधिकरण हो । कुलमान घिसिङको आगमन पछि प्राधिकरणले नयाँ मोड लिएको छ । पछिल्लो समय नेपालमा अपवाद वाहेक लोडसेडिङ शब्द शब्दमा मात्रै सिमीत रहेको छ । त्यही संस्थाभित्रका एक कर्मचारी घुस लिदैं गरेको अवस्थामा रङ्गे हात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस लिएका हुन ।

सम्बन्धित खबरहरु