मुम्बई । बलिउड अभिनेत्री अनुश्का शर्मा र वरुण धवनको आगामी फिल्म सुई थागा मेड इन इंडिया थुप्रै कारणले चर्चामा रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना मेक इन इंडिया बाट प्ररित भएर यो चलचित्र बनाइएको छ । जहाँ अनुश्का शर्मा वरुण धवणनकी पत्नीको रुपमा अभिनय गर्ने भएकी छिन । ट्रेलर धेरैले मन पराएका छन,चलचित्रले राम्रो व्यापार गर्ने निर्माण पक्षले बताएको छ । क्रिकेटर विराट कोहलीसँगको विवाह पछि अनुश्का चलचित्रमा कमैं देखिएकी छिन । भारतको ग्रामिण क्षेत्रहरुमा सुटिङ गरिएको चलचित्रमा भारतीय गाउँको सहनसहन परिवेशको बारेमा देखाइएको छ । चलचित्र सेप्टेम्बर २८ मा प्रर्दशनमा आउने भएको छ,अहिले अनुश्का वरुण चलचित्रको प्रमोसनमा व्यस्त रहेका छन ।

सम्बन्धित खबरहरु