बेइजिङ । चीनमा पछिल्लो समय ६ दशकमा नभएको गर्मि भएको छ । सन १९६१ मा पहिलो पटक, चीनको औसत तापमान २२ डिग्री सेल्सियससम्म पुग्यो जसलाई आजसम्मको धेरै मानिएको थियो । तर अहिले त्यो रर्कड तोडिएको छ मौसम विज्ञान विभागले झण्डैं ५५ ठाउँमा गरेको तापमानको आधारमा अहिले चीनमा २२.२० डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ ।

सामान्य वर्षको तुलनामा, यो वर्ष जुन देखि २६ अगस्ट सम्मको औसत तापमान एक डिग्री सेल्सियस बढी छ। आपातकालीन राहत र सिविल सेवा विभागका निर्देशक झांग जुकु आइका अनुसार, चीनका धेरै भागहरूमा अधिक गर्मि महशुस गरिएको छ । जिलिन, लियोनिंग, इनर मंगोलिया,सिचुआन,हुबेई र शेडोंग प्रान्तमा उच्च तापमान छ। विशेषज्ञहरूले याङगतेज नदीमा आएको तापक्रमको प्रभाव चीनमा परेका बताएका छन ।

सम्बन्धित खबरहरु