रोजा ओली / जसरी भोलीको कल्पनामा आजका रातहरु बित्छन्
त्यसरी नै टेनिस
म तिम्रा जन्मदिन हरु सम्झिएर बर्षो सुते
मानौ,
एउटा मुसाफिर ले यात्रामा उस्को पोको च्यापेर
सयौँ रात हरु बिताउछ



भुल्दिन बाबु
मेरा यी फुलेका कपालहरुले
धमिला परेली हरुले तिमीलाई नियाल्दा
तिम्रा ताते घस्रिने हात हरु देख्छन्
तिम्रा ती ठुला
तोते ओठहरुले मम्मी भनेर बोलाँउदा
यी कानहरुले
च्या गरेर कोक्रामा रोएको र दलानमा
बसेर लिटो खाएको देख्छन
खै
तिम्रो जन्मदिनमा तिमीलाई दिने मसँग केही नभए पनि
लुरे गुफा जस्तै अन्तस्करण दिन्छु
तिमीले मलाई बाबु
सन्यान्दहको गोधुलीमा हातको ईशारा गर्दिनु
दुई थुंगा फुल छर्दिनु
बाबु तिमीलाई जन्म दिनको अनगिन्ती शुभकामना सधैँ मुटु भरीको माया !

सम्बन्धित खबरहरु