अमेरिका । अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली चेली थिईन् । जो निक्कै ठूलो सपना साँचेर अमेरिकाको भूमी टेकेको २ महिनापनि पुरा भएको थिएन । अमेरिका जाँदा उनलाई नेपालमा लाखौँ खर्च भइसकेको थियो । उनी त्यहाँ पुगेर औषधी भण्डारमा काम गर्ने गर्दथिन् । बिहिबार औषधीभण्डार कक्षमा आफ्नै महिला साथी अन्धाधुन्दा गोली चलाउन थालिन् ।

उनीसँगै अरु ३ विदेशी नागरिकको त्यहाँ ज्यान गयो । गोली लागेर ज्यान गुमाउनेमा पर्वत घर भएकी ४१ वर्षीया वृन्दा गिरी रहेकी छिन् । त्यस्तै गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मृतक गिरी दुई महिना अघि मात्र अमेरिका आएकी उनका आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेको अमेरिकाबाट सञ्चालन हुने नेपलिज डायस्पोरा डट कमले जनाएको छ । बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको वितरण केन्द्रभित्र बिहीबार गोली चलेको थियो । केन्द्रमा पार्ट टाइम काम गर्ने २६ वर्षीया महिला स्नोचिया मोज्लीले गोली चलाएको प्रहरीले जनाएको छ । गत अप्रिलमा नेपालबाट आएकी मृत गिरीका श्रीमान विगत १० बर्षदेखि अमेरिकामा रहेका थिए। मृतक गिरीले भने सो कम्पनिमा काम शुरु गरेको जम्मा तीन हप्ता मात्रै भएको थियो ।

कम्पनीको विरण केन्द्रमा संगै पार्ट टाइम काम गर्ने एक जना २६ बर्षीया महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्याराले आफैलाई पनि गोली हानेको बताइएको छ। हमलाकारी ती महिलालाई प्रहरीले घाइते अवस्थामा अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक गिरीका १४ बर्षकी छोरी र ११ बर्षका छोरा छन्।

मृतक गिरिका अमेरिकामा पति, आमा, दाजु, भाई र बुहारी रहेका छन्। अरुलाई गोली हानेर उनले आफैलाई पनि गोली हानेको र उपचारका क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । ती महिलाले किन त्यसो गरिन् भन्ने खुल्न आएन । उनी आफै मृत भएपछि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु