काठमाडौ । नेपालका पहिलो पटक भित्रिएको सांगीतिक रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउनड सकिएको छ । ‘दि भ्वाइस अफ नेपाल’ थप चार प्रतियोगीहरु आगामी प्रतिस्पर्धा अर्थात ‘लाइभ’मा जान सफल भएका छन् । ब्याटल राउन्डको समापनसँगै अब यो साताबाट ‘दि भ्वाइस अफ नेपाल’ मा लाइभ राउन्ड शुरु हुनेछ । ब्याटल राउन्डबाट छनौट हुन सफल भएका ३२ जना प्रतियोगीहरुबीच लाइभ राउन्डमा प्रतिस्पर्धा हुनेछ । ब्याटल राउन्डमा छनौट भएका ६ जना र स्टील गरिएका २ जना गरि प्रत्येक टिममा ८ जना प्रतियोगीहरु छनोट भएका छन् ।

लाइभ राउन्डमा प्रत्येक निर्णायक तथा कोचहरुको टिमबाट ८ जना प्रतियोगीहरुले पालैपालो आफ्नो गायन प्रस्तुत गर्नेछन् । यो राउन्डमा प्रत्येकले छुट्टा छुट्टै आफ्नो गायनकला प्रस्तुत गर्नुपर्नेछ । ‘दि भ्वाइस अफ नेपाल’ मा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचका रुपमा रहेका छन् । उनीहरुको कोचमा सहभागीले ब्याटल राउण्डमा प्रतिस्पर्धा गरेका थिए ।

 

सम्बन्धित खबरहरु