काठमाडौ । कसैकसैको हेराई नै मदहोसी हुन्छ । जसलाई किलर लुक्स भनिन्छ । ट्याटुकी पारखी मोडल अञ्जु पण्डितपनि त्यस्तै एक किलर अवतार भएकी मोडल हुन् । उनको लुक्सले जवानहरु भुतुक्कै हुन्छन् । मोडलिङमा सक्रिय अञ्जु ट्याटुको पारखी हुन् । उनले शरिरका विभिन्न भागमा ट्याटु खोपाएकी छिन् ‘यो मेरो सौख हो । मलाई ट्याटु निकै मन पर्छ ।’ अञ्जुले भनिन् । उनले पाखुरामा मयुरको ट्याटु खोपाएकी छिन् तर, रंग भर्नै बाँकी रहेको बताईन् । पाखुरा हात र ढाडमा ट्याटु खोपाएकी अञ्जुलाई धेरैले सेक्सि भनेर टिप्पणी गर्ने गरेका छन् । यस्ता टिप्पणी सुन्दा उनलाई रमाइलो लाग्छ । उनी अरु भन्दा मोटी छिन् । आफ्नो ज्यान पोटिलो भएकाले पनि मान्छेहरुले मार्क गरेका हुन् कि जस्तो लाग्छ । तर, ज्यान घटाउने योजनामा छैनन् ।

भन्छिन् ‘मेरो हाइट पनि छ त्यसकारण स्लिम हुनु छैन । मोटी नै ठिक छ ।’ उनको आँखा, ओठ र छात्तीको प्रसंसा गर्नेहरु धेरै छन् । उनी आफैंलाई पनि आँखा निकै राम्रो लाग्छ । मोडलिङ गर्दा कथाले मागे अनुरुप दृष्य दिन तयार छिन् । छोटो लुगा लगाउनमा कुनै आपत्ति नभएको बताईन् ।

पारिवारसँग विद्रोह गरेर मोडलिङमा
नुवाकोटमा जन्मेकी अञ्जलाई सानैदेखि मोडलिङमा आउने रहर थियो तर, पारिवारका सदस्यले निको मानेनन्, मनले चाहेको कुरा गनैपर्छ भन्ने मान्यता राख्ने अञ्जुले अन्तत परिवारसंग विद्रोह गरिन् र मोडलिङमा आइन् । तस्विर अन्जुको फेसबुकबाट

सम्बन्धित खबरहरु