काठमाडौं । नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा नभए पनि अप्रत्यक्ष रुपमा पुर्व राजाको सक्रियतालाई कसैंले नर्कान सक्दैन । अहिले नेपाल एक गणतान्त्रिक मुलुक भएको छ तर संसद भित्र राजा र हिन्दु राज्यको अवधारणा बोकेका पार्टीहरु पनि सहभागि रहेका छन । खुलेरैं गणतान्त्रिक संविधानमा उभिएर देशमा शाहावंश र हिन्दु राष्ट्र माग गर्ने जनताहरुको पनि ठुलो जमात संसद भन्दा बाहिर पनि रहेको छ । राजा सत्ता हस्तान्तरण पश्चात सर्वसाधारण जनतासरह हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । आज पुर्वराजा ज्ञानेन्द्रको जीवनशैली र नेपाली राजनीतिमा प्रभाव कुनैं ठुलैं पार्टीको नेताको भन्दा कम्ती नरहेको आकंलन हुन थालेको छ ।

उनले नेपाली नेताहरुलाई त्यती धेरैं महत्व दिने गरेका छैनन । उनले बेलाबेलामा देश र जनतालाई सम्बोधन गर्दै आवश्यक परेको खण्डमा आफुले देशको जिम्मा लिनसक्ने बताउँदैं आएका छन । अहिले देशमा आफुले सत्ता छोड्दा देखि हालसम्म खास प्रगति नभएको भन्दैं उनले समयसमयमा चिन्ता व्यक्त गर्ने गरेका छन । यो बिचमा पहिलो पटक प्रमुख प्रतिपक्षी दलका नेता प्रकाशमान सिंह सँग पुर्वराजाले भेट गरेका छन । उनको यो भेटघाट नेपाली राजनीतिमा अहिले निर्माण भएको कम्युष्टि सरकारका लागि सबैंभन्दा खत्तरा हुने देखिएको छ ।

पुर्वराजाको प्रभावको आंकलन तपाईले गएको दशैंमा पनि देख्नुभएको थियो । जहाँ दशैंमा पुर्वराजाको हातबाट टीका थाप्नेहरुको लाई राष्ट्रपति, प्रधानमन्त्रीकहाँ भन्दा धेरैं देखिएको थियो । गएको वर्षमा भन्दा यो वर्षमा पुर्वराजाकहाँ जानेहरुको संख्या धेरैं भएको विभिन्न अध्यनहरुले देखाएका छन । हत्या, हिंसा, बलात्कार आदीजस्ता कुराहरुलाई अहिलेको सरकारले नियन्त्रण गर्न नसकेको आरोप लाग्दैं गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यसरी पुर्वराजा भेट्नुलाई खत्तरा मानिएको छ ।

सम्बन्धित खबरहरु