वि.सं. २०७५ कार्तिक ३० गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे,  कार्तिक शुक्लपक्षको अष्टमी तिथि, बिहान ०७:१८ बजेसम्म, त्यसपछि नवमी तिथि, धनिष्ठा नक्षत्र, बिहान १०:२९ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, साँझ ०६:०३ बजेसम्म, त्यसपछि व्याघात योग, बब करण, बेलुका ०८:१७ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : कार्तिक मसान्त

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : मार्ग संक्रान्ति, सत्ययुगादि, कुष्माण्ड नवमी, हेटौंडा कूुष्माण्ड सरोवरमा मेला, सको चंगुवने, ०२ गते : बलम्बु महालक्ष्मी यात्रा, धादिंग, फूलखर्कमा गंगाजमुना मेला, ०३ गते : हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चकारम्भ, बराहक्षेत्र सुनसरीमा धार्मिक मेला प्रारम्भ, खोटांगको बराहपोखरीमा मेला, युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन भए पुरा गर्न नसक्ने केहि नहोला । पढाइमा प्रगति हुनेछ, यात्राहरु गर्ने दबाबहरु बढेर आएको जस्तो देखिन्छ । थोरै लाभको मात्र सम्भावना देखिन्छ । आफ्नो दाइ दिदि आदि संगको भेटघाट वा जमघटको सम्भावना देखिएको छ । राम्रो संग बोलेर गाह्रो काम पनि सजिलै पुरा गर्न सकिने बाटो बनाउन सकिएला, त्यसैले मिठो बोलि बोल्नु होला । कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । धेरै इन्टरनेट चलाउनु पर्ने काम आउला र पेट आदिको रोग भए अलि सन्चो होला । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योगमा विशेष फाइदाको योग छ । जग्गाको कुराहरु बढेर आउने हुन्छ र त्यस सम्बन्धि विशेष योजना गर्नु पर्ने जस्तो हुनेछ । आमा बुवा सम्बन्धित कुरामा चहलपहल बढी हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने देखिएको छ । अवसरको खोजीमा भौतारिनुपर्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छन । वाहन (बाइक ,गाडी) किन्ने वा साट्ने आदि मन होला र आफन्तहरु बाट अनुकुल स्थिति आउन सक्ने हुन्छ । तपाइको राशि बृष हो जुन शुक्र ग्रहको राशि हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राको अलिक माहोल बनेको छ । अरुले इज्जत गर्नेछन, सानो होस् या ठुलो होस् सम्मान पाइने योग रहेको छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । घर परिवारमा सबैलाई माया बाड्न पाउँने देखिएको छ । लेख्ने पढ्ने काम बढ्नेछ यता उता जाउ भन्ने हुन सक्छ । छुट्टै फुर्ति आउला, हिम्मत आदि बढ्ने छ । आफुले एक समय साथ दिएको व्यक्तिको उन्नति देखि मन खुसि होला । अरुबाट कदर पाइएला, नयाँ नयाँ समाचार प्राप्त होला र भाइ बहिनीले सुख पाउलान । तपाइको राशि मिथुन हो जुन बुध ग्रहको राशि हो त्यसैले तपाईले बुधलाइ मान्दा राम्रो हुन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । मिठो मिठो खाना खाने मन होला, त्यसैंले भट्टी आदिमा धेरै खर्च नगर्नु होला । बैक आदिको काम गर्नु पर्ला वा बढेर आउने देखिन्छ । पूंजीमा वृद्धि होला, स्वास्थ्य प्रतिकूल बन्न सक्छ । भित्र भित्र काम कुरा बिगार्नेहरु बढ्न सक्छन । चिन्ता नभए पनि चिन्ता भएको जस्तो होला । मेहनतले आम्दानी बढाउनेछ । मिठो बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । तपाइको राशि कर्कट हो जुन चन्द्रमाको राशि हो त्यसैले तपाईले चन्द्रमालाइ मान्दा राम्रो हुन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बच्चाहरुको लागि रमाइलो समय रहेको छ । कामको अलमल हुनेछ, केही संघर्ष गर्नुपर्ने देखिएको छ । आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति देखि मन खुसि होला । अरुबाट कदर पाइनेछ, नयाँ नयाँ समाचार प्राप्त होला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने कुराले सबैलाई आर्कषण गर्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छन । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् र जिम्मेवारी बढिरहनेछन् । तपाइको राशि सिंह हो जुन सुर्यको राशि हो त्यसैले तपाईले सुर्यलाइ मान्दा राम्रो हुन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिब दुखीको सेवाको अवसर आउला । दान पुण्य गर्न पाउने योग रहेको छ । के खाउ के खाउ हुन सक्छ । किन मेलमा मन जानेछ, नसोचेको ठाँउमा खर्च होला । रमाइलो दिनको सुरु भएको देखिन्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला व्यहोर्नुपर्ला । केही संघर्ष गर्नुपर्ला, फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आँटेको काममा अलि ढिलाई होला र अरूको मुख नताक्नु राम्रो होला । तपाइको राशि कन्या हो जुन बुध ग्रहको राशि हो त्यसैले तपाईले बुधलाइ मान्दा राम्रो हुन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
देशको वा जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघाट हुन सक्ने देखिएको छ । सृजनात्मक काममा लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । छोरा छोरीहरुले भनेको काम कुरा मान्न अटेर गर्न सक्छन ,सम्झाई बुझाई काम आदि लगाउनुहोला । बिद्यार्थीहरुको लागि पढाई लेखाइमा मेहनत गरेर पढ्नु पर्ने समय आएको छ । मनोरञ्जनको समय छ, रमाइलो गर्न पाइएला । धन संचयमा वृद्धि हुनेछ र यठेस्थ धन आफु संग भएर आउँनेछ । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम फेला पर्न सक्छ त्यसैले बेरोजगारहरुले काम खोज्न जाँदा हुन्छ र गरिरहेको काम मनपर्नेहरु पनि नयाँ खोज्न जाँदा हुन्छ । विशेष गरि बुवा तर्फको सुखमा वृद्धि होला । वाहन (बाइक ,गाडी) मा मर्मत ,सुधार आदि गर्नु पर्ला । आमा आदिको विशेष याद आउला । उद्योगमा विशेष परिवर्तनको योग छ अर्थात् नयाँ मोड लिने समय जस्तो भएर आएको छ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने देखिएको छ । बोलेर सबैलाई समेट्न सकिनेछ र सबैले सहजै आफ्नो कुराहरुको पालना गराउन सकिनेछ । तपाइको राशि बृश्चिक हो जुन मंगल ग्रहको राशि हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्राको अलिक धेरैं माहोल बनेको छ, तर घुम्न नै पाउला भनेर भन्न सकिन्न । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । भाइ बहिनिको साथमा कमि आउला । अरुबाट सानो कदर अलिक समय पछि मात्र पाइएला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा खटिनु पर्नेछ , अलि विलम्बले पढाई लेखी सकिएला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । ब्राह्मण(देवता आदिको आर्शिवाद पाईएला र पढाई लेखाईको तयारी बढेर जानेछ । तपाइको राशि धनु हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिरामी पर्ने देखिएको छ, जे पायो त्यही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आर्थिक लाभ हुने काम थालनी हुनेछ । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्लान । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । केही चुनौती देखिए पनि मन भए पुरा गर्न नसक्ने केही नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो होला । तपाइको राशि मकर हो जुन सनी ग्रहको राशि हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो समय छ, मोज मस्ती गर्नुपर्ने योग रहेको छ । बिन्दास रुपले दिन कट्ने छ, क कसलाई भेटने हो भन्ने जस्तो होला । भबिस्यमा घुम्न जाने वा रमाइलो गर्ने आदि बारे छलफल होला । कार्यक्रम आयोजनामा सहभागी हुन पाइएला, धेरै पछि यस्तो चाँजो बाँजो मिलाउन सकेकोमा मन खुसि होला । जो संग पनि काम गर्न रुचि होला । उल्झेको कामलाइ सहज बनाउँन सकिएला । जो संग पनि बोल्ने मन होला, नसोचेको मान्छे भेट होला वा सम्झना आउला र प्रचार प्रसार गर्न जान पाइएला । तपाइको राशि कुम्भ हो जुन सनी ग्रहको राशि हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ऋण आदि भए तिर्न सकिएला । स्वास्थ्य सबल बनाउदै लान सकिएला । हिसाबकिताब हेर्नु पर्ने समय आएको छ । अरु जनहरुले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ, अलि ध्यान दिनु होला । नसोचेको ठाँउमा खर्च बढ्ने होला । अवसरको खोजीमा भौतारिनु पर्ला । मेहनत गर्दा मात्र सोचेको बन्दा बढी सफल होला । मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला, अरुको लागि सहयोग र साथ दिनु पर्नेछ । तपाइको राशि मिन हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु