संखुवासभा । नेपाल जलस्रोतमा विश्वका औंलामा गन्न सकिने देशहरुमध्यको एक हो । हामीसँग पर्याप्त सम्भावनाहरु रहेका छन । नेपाल आधा विश्वलाई पुग्ने जलविद्युत उत्पादन गर्न सक्ने क्षमता राख्छ तर कमजोर रणनीतिका कारण नेपाल पछि परेको छ । नेपालको जलस्रोतमा भारतीय गलत नजिर रहेका कारण नेपालले फड्को मार्न नसकेको बेलाबेलामा कुरा उठ्ने गर्दछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलस्रोतलाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संखुवासभास्थित “अपर अरुण” को स्थलगत अवलोकन गर्न पुगेका मन्त्री पुनले जलस्रोतको विकासबाटै मुलुक समृद्ध हुने धारणा राखे । अपर अरुण जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको भन्दै उनले सरकारले १९ ओटा साना, मझौला र ठूला आयोजना निर्माणको लक्ष्य लिएको बताए । कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले अपर अरुणको हेलिकोप्टरबाट स्थलगत अवलोकन गरेका थिए । योजना योगटेर वस्ने तर निर्माण नगर्ने भारतीय रवैंयाले नेपाल हैरान भइसकेको छ ।

सम्बन्धित खबरहरु