मुम्बई । चर्चित भारतीय हास्य कलाकार कपिल शर्माको उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेका छ । उनीहरुको पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो । विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् । कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् ।

कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् । विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए । उनीहरुको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । तस्बिरमा कपिल ग्रीन गोल्डेन शेरवानीमा देखिएका छन् भने उनले हातमा तरबार र शिरमा पगडी गुथेका छन् । त्यस्तै गिन्नी रेड–गोल्डेन लेहेङ्गामा देखिएकी छिन् ।  एजेन्सी

सम्बन्धित खबरहरु