काठमाडौं । बढ्दो नेपालको बेरोजगारी र गरिबीले गर्दा आज पनि नेपालबाट लाखौंको संङ्ख्यामा युवाहरु विदेश पलयान हुन बाध्य भएका छ । नेपालीहरुको लागि रोजगारका लागि सबैंभन्दा राम्रो मानिएको दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ मा १० हजारभन्दा बढी कामदार लैंजाने भएको छ ।

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने भएको हो । कामदार छनोटका लागि फागुनको दोस्रो साता १० औं भाषा परीक्षाको आवेदन आह्वान हुने भएको छ । नेपालमा इपिएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गर्न पाउने भएका छन् ।

कोरियालले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता भाषा परीक्षा गर्ने योजना बनाइएको छ । कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अबैद्य रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक छ ।

सम्बन्धित खबरहरु