नेपालगन्ज । नेपाल एकीकरणका महानायक पृथ्वी नारायण शाहको भोलि शुक्रबार जन्मदिन परेको छ । यस अवसरमा यो भन्दा पहिले सार्वजनिक विदा दिने गरिएको थियो । देश संघीय प्रणलीमा गएपछि जनताका बिचमा देखिएको दुरीलाई कम गर्नको लागि शाहका सिद्धान्त र विचारले महत्वपुर्ण योगदान दिने जानकारहरु बताउँछन ।

पछिल्लो समय नेपालमा कम्युनिष्ट सरकारको आगमान पश्चात पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा दिईने विदा कटौती गरिएको छ । यो बिचमा नेपालगन्ज उपमहानगरपालिकाले भोली एक दिने सार्वजनिक बिदा दिने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मेयर डा। धवल शमसेर राणाद्धारा जारी सूचना अनुसार उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र मातहतका कार्यालयलाई कार्यापालिकाको निर्णय बमोजिम बिदा दिन निर्देशन दिईएको छ ।

पृथ्वीजयन्तीमा देशभरी नै विशेष कार्यक्रम हुने गर्दछ । राजधानी काठमाडौमा हुने विशेष कार्यक्रममा राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारी नै सरिक हुने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु